
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरुको विरोधको बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ।
यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । तर, सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।
आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा वेल घेरेर नाराबाजी गरिरहेको छ ।