सहकारी ठगहरुलाई सरकारले जोगाएको सांसद केसीको आरोप

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्र बहादुर केसीले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले सहकारी ठगी गर्नेहरुलाई सरकारले जोगाउने षड्यन्त्र गरेर लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण गरेको भन्दै सरकारको नीति तथा कार्यक्रमको विरोध गरे ।

उनले भने,‘सहकारी ठगी गरेर यत्रो मूलक नै बर्वाद पार्नेहरुलाई सत्ता पक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिरहेका छ । यो लोकतन्त्र र गणतन्त्रमाथिको आक्रमण हो । त्यसैले सत्ताधारीको यो नीति तथा कार्यक्रमा पनि समर्थन गर्दैनौं विरोध गर्दछौं ।’

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७