• २०८३ असार १६
  • 2026 June 30, Tuesday

प्रतिपक्षको नाराबाजीकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलहरुको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए । आजको बैठकमा पनि नेपाली कांग्रेसले आफ्नो पूर्वअडान कायम राख्दै संसदमा वेल घेरेर नाराबाजी गरेको थियो। उक्त नाराबाजीकाबीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको  छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेकाले नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको थिएन ।