विपक्षीलाई ताली बजाएर समर्थन गर्न सत्तापक्षको सल्लाह

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षलाई वेल घेरेर नारा लगाउनु भन्दा ताली बजाएर सरकारको नीति तथा कार्यक्रमको छलफलमा सहभागी भएर समर्थन गर्न सुझाव दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले, सरकारको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको भन्दै प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको रहेको बताए ।

उनले भने,‘यो नीति तथा कार्यक्रम यति राम्रो र महत्वपूर्ण छ कि प्रतिपक्षमा रहनुभएकाले पनि वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर छलफलमा सहभागी भएर समर्थन गर्नुपर्ने प्रकृतिको छ ।’
उनले नीति तथा कार्यक्रमले मूलुकका आर्थिक सामाजिक समग्र क्षेत्रको समस्यालाई चिन्नकासाथै समस्याको सही र समायोचित दृष्टिकोण अघि सारेको बताए । नीति तथा कार्यक्रमल १६ औं योजनालाई अनुशरण र दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको उनको भनाई छ ।

उनले भने,‘यो नीति तथा कार्यक्रमले मुलुकका आर्थिक सामाजिक समग्र क्षेत्रको समस्यालाई चिनेको छ । समस्याको सहि र समयोचित दृष्टिकोण अघि सारेको छ । त्यसकारण यो समर्थन योग्य छ । यस नीति तथा कार्यक्रमले १६ औं योजनालाई अनुशरण गरेको छ । दिगो विकासको लक्ष्यलाई पछ्याउने कोशिस गरेको छ ।’

 

 

 

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१