• २०८३ असार १६
  • 2026 June 30, Tuesday

बजेट वक्तब्य पढ्ने बेलासम्म संसदको अवरोध हटिसक्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसद्को अवरोध चाँडै हटाउने बताएका छन् । ।

आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भइसकेको भन्दै टिओआर बनाउन भोलि सोमबार बिहानसम्म सहमति हुने विश्वास व्यक्त गरे ।

उनले भने,‘हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौं । आज बिहान मात्र पनि कांग्रेस सभापतिको घरमै पुगेर सहमतिको लागि प्रयास गरेको छु । आशा छ आज र भोलिमा बजेट व्यक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने छ भन्ने विश्वास व्यक्त गर्दछु । संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमति भै नै सक्यो । टिओआरका कुरा मात्र बाँकी छ । आज बेलुका या भोलि बिहानसम्म सहमति हुन्छ ।’