गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । यसअघि उक्त रिट दरपिठ भएको थियो ।

लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन् ।रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ ।

भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरेका छन् । पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१