गण्डकीमा नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

काठमाडौ । गण्डकी प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ ।मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको पालुङटार नगरपालिका–३ का देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।

देवकोटा यसअघि पनि पाण्डे मुख्यमन्त्री हुँदा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।देवकोटाले दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका छन् । हाल उनी ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ मा आवद्ध छन् ।

नीति तथा कार्यक्रम र बजेट ल्याउने बेला मुख्यमन्त्री बनेका पाण्डेले मुख्यमन्त्रीको शपथ लिएलगत्तै देवकोटालाई योजना आयोगको उपाध्यक्ष नियुक्त गरेका हुन् ।देवकोटाले बिहीबार नै मुख्यमन्त्री पाण्डेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७