राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान स्वीकृति लिनुपर्ने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ पारित गरेको छ ।शुक्रवार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक,२०७७ सर्वसम्मत रूपमा पारित गरेको हो ।

राष्ट्रियसभाबाट पारित भएर आएको उक्त विधेयकमा समितिमा छलफल गरेर गरेर पारित गरिएको हो ।
उक्त विधेयकमा राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपाल बाहिर लानुपर्ने अवस्थामा मन्त्रीपरिषद्को स्वीकृत लिनुपर्नेलगायतका व्यवस्थाहरू रहेका छन् उक्त विधेयकको प्रतिवेदन अब प्रतिनिधि सभामा पेस हुनेछ । प्रतिनिधि सभाबाट स्वीकृत भएर पुनः राष्ट्रिय सभामा लगिनेछ ।

प्रतिनिधि सभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्नेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनमा रूपान्तरित भएर कार्यान्वयनमा आउँछ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१