सरकारका अन्तर निकायबीचको सार्थक समन्वय नहुँदा व्यथितिको पराकाष्ट भयो : सांसद पराजुली(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारका अन्तर निकायबीचको सार्थक समन्वय नहुँदा व्यथितिको पराकाष्ट भएको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कालोपत्रे र ढलान गरिएका सडकका बीचमा विद्युत र टेलिकमका खम्बाले बाटो अवरोध गरिनु राजधानी बासीका लागि नौलो कुरा नरहेको बताए ।

उनले भने, ‘लाजमर्दो विषय त मेरो निर्वाचन क्षेत्रको ढुङ्गेधारा स्थित ११००० भिलट को रिङ् मेन लाइन को खम्बा मोनोपोल राखेर व्यवस्थित नगर्दा सर्भिस ट्रयाक तचबअप बन्न नसकेको के कुरा गर्नु, त्यो भन्दा पनि डरलाग्दो अवस्था त्रिशुली काठमाडौँ ६६ हजार भोल्टको प्रसारण लाइनको तार वनस्थली सबस्टेसन खण्डमा झोलिएर नागरिकका घर टहरामा छुनु र केही घटनामा जनताले ज्यान गुमाउनु सामान्य जस्तो भइसक्यो ।’

सम्बन्धित निकाय निकै ठूलो दुर्घटना र धेरै नागरिकले ज्यान गुमाएको अवस्था हेर्नको लागि प्रतिक्षा गरिरहेको उनले टिप्पणी छ ।

छिमेकी राष्ट्र चीनको सहयोगमा विस्तार गरिने भनेको चक्रपथ दोस्रो खण्ड लथालिङ्ग र अस्तव्यस्त बनाएर छोडेको विषयका बारेमा उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

दुई छिमेकी राष्ट्रबीचको सुमधुर सम्बन्धमाथि ईर्स्या गर्ने खराब तत्त्वले पो कतै भूमिका खेलेको हो कि ? वा सरकार स्वयंले छिमेकी राष्ट्रसँग अर्थपूर्ण संवाद गर्नमा चुकेको हो ? भन्दै जनतामा यो संसय पैदा भएको उनले बताए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१