प्रतिनिधि सभाः बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि

काठमाडौं । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन् ।आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए ।

उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो ।’यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत नगरिएको गुनासो पनि गरेका छन् ।

उनले भने, ‘म त यो छलफलको कुरा सुन्दा निदाएछु पनि एकछिन, यस्तो पो भयो । रमाइलो छैन संसद, दिक्क लाग्दो छ । त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरे बमोजिम समाजवाद उन्मूख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यस सम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो । तर प्रस्तुत बजेटमा समाजवाद उन्मूख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन ।’

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१