• २०८३ असार १५
  • 2026 June 29, Monday

ओलीले गरे वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वृहत अरनिको राजमार्ग सफाई अभियानको थालनी गरेका छन् ।आज बिहान विश्व वातावरण दिवस २०२४ को अवसर पारेर नेकपा एमाले भक्तपुरमा जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कौशलटार चोकमा रहेको पुलबाट बेलुन उडाएर अभियानको थालनी गरे ।

अभियानमार्फत ‘राष्ट्रका लागि दुई घण्टा’ छुट्याउन प्रेरणा मिल्ने बताइएको छ ।अध्यक्ष ओलीले विद्यार्थीसँगै सडकमा बढारेर सफाई अभियानका सदस्यहरुलाई हौसला दिएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाले वातावरण दिवसको सचेतना जगाउने नारा लेखिएका ब्यानर सहित र्याली निकालेर कौशलटारदेखि सूर्यविनायकसम्म पुगेका थिए ।

सो कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध प्रतिनिधि, महिला समुह, विविन्न विद्यालय र कलेजका विद्यार्थी, स्थानीय तथा राजनीतिक व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।यो वर्षको विश्व वातावरण दिवसको नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने रहेको छ ।