मनसुन पूर्वतयारी कार्ययोजना सार्वजनिक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ ।

प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर काम गर्ने जनाएको छ ।

गत सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त विपद् कार्ययोजना पारित गरेको थियो ।प्राधिकरणले यस वर्ष वर्षामा १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए ।

उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ ।
उनले भने, ‘हामी मौसमबारे दैनिक, साप्ताहिक र मासिक पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नेगरी अगाडि बढेका छौं । हामीले वर्षभरि गर्नेकामहरु उपकरण किन्नेदेखि लिएर तालिम दिने कामहर वर्षभरि नै गर्छौं ।

कमजोर भूभागमा, जहाँ बढी पानी पर्यो, त्यहाँ बढी पहिरो जान सक्छ । खासगरी पूर्वी पहाडमा यस्ता घटनाहरु हुँदै आएका छन् । यसै आधारमा हाम्रो कार्ययोजना केन्द्रित छ ।’

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१