‘गौरवका आयोजनाहरु राजनीतिक लाभका लागि मात्र’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेको आरोप लगाएकी छिन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले स्रोतको सुनिश्चितता नगरी राष्ट्रिय गौरवका आयोजनाहरु घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास हुन थालिसकेको बताइन् ।

उनले भनिन्,‘हामीसँग राष्ट्रिय गौरवका आयोजनाहरु धेरै छन् । तर सामाजिक, आर्थिक मुल्याङ्न नगरिएका आयोजनाहरुमात्र छन् । राजनीतिक लाभका लागि राष्ट्रिय गौरवका आयोजनाहरु समेत घोषणा गरिदिन्छन् । स्रोतका सुनिश्चितता नगरी यस्ता घोषणा गरेर जनमानसमा विकासप्रति नै अविश्वास पैदा थालिसकेको छ ।’

उनले बिना आधारमा पूर्वाधारको लगानी गरेर राज्यको अर्वौ रकम खेर गइरहेको भन्दै आवश्यक र आधारभुत पूर्वाधारको आवश्यकतामा काम नहुँदा जनताले दुःख पाएको टिप्पणी गरिन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१