• २०८३ असार १५
  • 2026 June 29, Monday

हेटौंडा अस्पताल प्रतिष्ठानलाई हस्तान्तरण गरिएकोमा आपत्ति

काठमाडौ। नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले राज्यको स्वामीत्वमा रहेको हेटौंडा अस्पताललाई एक राजनीतिक दल निकट रहेको प्रतिष्ठानमा हस्तान्तरण गरिएको विषयप्रति आपत्ति जनाएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै अस्पतालले आम नागरिकलाई सहज, सरल र सस्तो एवम सुलभमा मूल्यमा उपचार सेवा प्रदान गरिरहेको अवस्थामा प्रतिष्ठानमा गाभिंदा अस्पतालको अस्तित्व र गरिमा माथि नै प्रहार गरिएको बताए ।

उनले राज्यको सम्पत्ति र आमनागरिकको अधिकार माथी कुचेष्टा नगर्न आग्रह समेत गरे । अधिकारका लागि तरुण युवाले आफ्नो हक र अधिकार स्थापित गर्न आवश्यक कदम उठाउन बाध्य हुने जनाउँदै नेता भेटवालले तरुणले कदम चाल्नु परेको अवस्थामा हुने क्षतिको पूर्ण जिम्मेवार प्रदेश सरकार, प्रतिष्ठान र जिल्ला प्रशासन मकवानपुर रहने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।