
काठमाडाैं । चीनले नेपाल मामिलामा प्रत्यक्ष चासो बढाएको छ ।
एकपछि अर्को उच्चस्तरीय नेता र कुटनीतिज्ञको नेपाल भ्रमण भैरहेका बेला अन्तर्राष्ट्रिय विभागकी नेपाल प्रमुख सरला काठमाडौं आएकी छन् । चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छन् ।
सरला नेपाल मामिलामा चिनियाँ नीति र योजना कार्यान्वयन गर्न सफल हुँदै आएकी छिन् । यसपटक पनि उनी उच्चस्तरीय चिनियाँ नेताको निकट भविष्यमा हुने भ्रमणको चाँजोपाँजो मिलाउन काठमाडौं आएकी हुन् ।
चिनियाँ नेताको भ्रमणअघि सरला आफै भेटवार्तामा सकृय भएकी छिन् । सरकारका मन्त्री, परराष्ट्रका अधिकारी र विभिन्न दलका नेताहरुसंग उनले भेट तीव्र पारेकि छिन् ।
दुई देशबीचको सम्बन्ध र सम्झौताका विषयलाई अझै प्रभावकारी बनाउन आफू क्रियाशिल रहेको उनी बताउँछिन् ।