स्वीट्जरल्याण्डसँग हार्दै साविक विजेता इटली बाहिरियो

काठमाडौं । इटाली युरोको अन्तिम १६ बाट विदा भएको छ ।गएराति भएको खेलमा स्वीट्जरल्याण्डसँग २/० गोल अन्तरले पराजित भएको इटाली प्रतियोगिताबाट बाहिर भएको हो ।

जर्मनीमा जारी प्रतियोगितामा स्वीट्जरल्यान्डको जितमा रेमो फ्रेउलर र रुबेन भारगासले गोल गरे ।

खेलमा ३७औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको सुरुवातमा नै रुबेन भारगासले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१