• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाका बनाउछौ : गृहमन्त्री लेखक

काठमाडौ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताएका छन् ।

बुधबार दोधारा चाँदनी नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री लेखकले दोधारा चाँदनीलाई त्रिदेशीय नाकाका रुपमा विकास गरि देशको सबैभन्दा ठुलो नाकाका रुपमा विकास गर्ने बताए ।

उनले भने, ‘महाकाली नदीमा चार लेनको पक्की पुल बनिसकेको छ अब दोधारा चाँदनीमा सुुख्खा बन्दरगाह निमार्ण हुन्छ । यो नाकालाई भारत र चीनसंग जोडेर देशकै ठुलो नाकाका रुपमा विकास गछौ।’
उनले निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा रहेको बताउँदै तिंङकरबाट नै मानसरोवर यात्राका लागि सुनिश्चितता हुने बताए ।

‘उद्योग, व्यापार वाणिज्य,पर्यटन सबैका लागि महत्वपूर्ण नाकाका रुपमा दोधारा चाँदनीलाई विकास गछौ । त्यसैगफ गरेको होईन,उहिले उहिले महाकालीमा झोलुङ्गे पुल बनाउछौ भन्दा हास्ने गरेको मैले सुन्या छु अहिले महाकालीमा चार लेनको पक्की पुल बनेको छ गरेपछि त बन्दो रहेछ त ।’

त्यसैगरि, उनले संसदमा भएका दुई ठुला दलहरु बीच सहमति भएर नयाँ राजनितिक समीकरण बनेकोले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त उनको थियो ।ती दिने भ्रमणमा गृहजिल्ला पुगेका मन्त्री लेखकले कञ्चनपुरका बाढी प्रभावित क्षनेत्रको स्थलगत अवलोकन समेत गरेका छन् ।