• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

‘पोइजन इन्फरमेसन सेन्टर’ले मनायो पहिलो वार्षिकोत्सव

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको क्लिनिकल फर्माकोलोजी विभागले सञ्चालन गरेको ‘पोइजन इन्फरमेसन सेन्टर’ले पहिलो वार्षिकोत्सव मनाएको छ ।विष सेवन गरेकाहरुको उपचारलाई प्रभावकारी बनाउन र मृत्युदर कम गर्ने उद्देश्यले सेन्टरले मंगलबार पहिलो वार्षिकोत्सव मनाएको हो ।

मंगलबार शिक्षण अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै विष सूचना केन्द्रको वार्षिकोत्सव मनाएको हो ।समारोहलाई सम्बोधन गर्दै टिचिङ अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले बिष सूचना केन्द्रमा एक वर्षको अवधीमा तीनसय जनाले सेवा लिएको बताए ।

त्यस्तै, उनले यस्ता बिष सूचना केन्दहरु मन्त्रालयमार्फत सिधै चलाउनुभन्दा कुनै नीजि क्षेत्रसँगको सहकार्यमा चलाउन जरुरी रहेको बताए ।‘एक वर्षको अवधीमा पोइजन सूचना केन्द्रमार्फत तीनसय जनाले सेवा लिनुभएको छ । यस्ता सूचना केन्द्रहरुले सिधै मन्त्रालयमार्फत चलाउँदा सजिलो हुन्न किनभने त्यहाँ फर्माकोलोजी पनि हुनुहुन्न’, उनको भनाइ छ ।