• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

प्रेमा लामगाढेलाई ‘मिस विभा’को ताज

काठमाडौँ । ‘मिस विभा २०२४’को ताज प्रेमा लामगाढेले जितेकी छिन् । आज सम्पन्न फिनेलेबाट अन्तिम पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रेमा लामगाढेले ताज पहिरेकी हुन् ।

मिस विभाका इन्टरनेसनल डाइरेक्टर भूमि पाठकले विजेता प्रेमा लामगाढेलाई ताज पहिराइदिए ।
प्रतियोगिताको जजका रूपमा अनु श्रेष्ठ, अमनप्रताप अधिकारी, सरिता श्री ज्ञवाली, करण वैद्य र ईच्छा कार्की रहेका थिए ।

ओरीफ्रेम बेष्ट अवार्ड ज्योति खड्काले हात पारिन् भने, टप आउट बेष्ट इन स्विमिङ टाइटल आकृति कुँवर, एफएनएन टप मोडलको टाइटल सञ्जु केसी, ट्याङ्युरीटि इस्पा मिस फिटनेस टाइटल प्रेमा लामगाडेले हात पारेकी थिईन् ।

त्यस्तै, नेपाल टेलिकम मिस आईसिटि टाइटल रिंसा शाक्य, लोकेशन नेपाल मिस फोटो टाइटल शिशिका शुब्बाले हात पारिन भने, एनसि फम टि बेस्ट इभिनिङ गाउनको टाइटल प्रेमा लामगाढे, एएन्टी सोसल इन्फ्लुएसन् अवार्ड रिया महर्जनले हात पारेकी थिइन् ।

प्रतियोगितामा अस्मिता शाह, डा।काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य , प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् । विजेताले कम्बोडियामा हुने मिस ग्राण्डको फाइनलमा सहभागी हुन पाउने छ । मिस ग्राण्डको फाइनल अक्टोबर २५ कात्तिक ९ गते कम्बोडियामा हुनेछ ।