• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

मानवसेवा आश्रमले मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा गर्ने

काठमाडौं । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान)ले मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आश्रमले असोज १५ गतेदेखि छठ पर्वको दिनसम्म ‘यो वर्षको चाड पर्वमा कसैले बस्न पर्दैन सडकपेटीमा’ भन्ने अभिष्टले सहयोगका लागि सडक आश्रित मानवहरुको उद्दारको लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा २०८१ को आयोजना गर्न लागेको जानकारी दिएको हो ।
उद्धार यात्रा प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार १७ गते घटस्थापनाको दिन मेचीपुलबाट उद्धार यात्रा शुरु भई छठको भोलिपल्ट काठमाडौँमा एक औपचारिक कार्यक्रमसहित यात्राको समापन हुने जनाइएको छ । यात्रामा ४५ जनाको सहभागिता रहनेछ ।विज्ञप्तीमा लेखिएको छ ,‘यही असोज १५ गते प्रधानमन्त्री निवास बालुवाटारबाट सम्माननीय प्रधानमन्त्रीज्युको शुभ–कामनासहित शुरुहुने मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ४५ जनाको सहभागिता रहनेछ ।

१७ गते घटस्थापनाको दिन मेचीपुलबाट उद्धार यात्रा शुरुभई छठको भोलिपल्ट काठमाडौँमा एक औपचारिक कार्यक्रमसहित यात्राको समापन हुनेछ ।२०८० सालमा ३०४ जना सहयोगापेक्षीहरुको उद्धार भएको थियो भने यो वर्ष पनि तीनसय जनाको हाराहारीमा सहयोगापेक्षीको उद्धार हुने अनुमान गरिएको छ ।’मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको पनि सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट जिम्मेवारी लिईएको छ ।