• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

नयाँ बन्ने संरचनालाई अनिवार्य रुपमा अपाङ्गमैत्री बनाउन आवश्यक:मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘द व्हीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले पहल गरिरहेका बताएका हुन् ।

उनले भने, ‘राज्यका संरचना, पूर्वाधारहरु अपाङ्गमैत्री हुनुपर्छ भन्ने कुरा यहाँहरुले पनि उठाइरहनु भएको छ । बनिसकेको पूर्वाधारलाई त्यस अनुसार विकास गर्न पनि श्रोत सुनिश्चित हुनुपयो । नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी छ । त्यसका निम्ति पनि हामीले पहल गरिरहेका छौं ।’

उनले बनिसकेको पूर्वाधारलाई अपाङ्गमैत्री विकास गर्न श्रोतको अभाव रहेको बताए । श्रोतको अभावका बामजुद सरकार पूर्वाधारलाई अपाङ्गमैत्री बनाउन निरन्तर लागिरहेको उनको भनाई छ ।उनले भने, ‘सबैभन्दा ठूलो समस्या श्रोतले गरिरहेको छ । त्यसमा निरन्तर लागिरहने र खास विषयहरुलाई गहिराईमा बुझ्ने हाम्रो प्रयास रहन्छ ।’