• २०८३ असार १६
  • 2026 June 30, Tuesday

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

काठमाडौको बल्खुस्थित कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नसक्ने बताए ।
आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दै मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस भन्ने आफ्नो चाहना रहेको वताए ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको बताए । विषादी न्यूनीकरणका लागि किसानलाई मन्त्री अधिकारीले आग्रह समेत गरे । किसान र सम्वन्धित निकायवीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले खाडल पुर्न आफु लागेको मन्त्री अधिकारको भनाइ छ ।