• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

हिमाल आरोही निर्मल पुर्जा काठमाडौंमा

काठमाडौं । एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक निर्मल पुर्जाले सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु चढेर कीर्तिमान कायम गर्न सफल भएका छन् ।कीर्तिमान कायम गर्न सफल भएपश्चात नेपाल आएका पूर्जालाई नेपालीहरुले भव्यताका साथ स्वागत गरेका छन् ।

शुक्रबार उनी नेपाल आएका हुन् ।सोही क्रममा उनले ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउन पाउँदा खुसि लागेको भन्दै सबैको साथ रहने हो भने अझै राम्रो काम गर्ने बताए ।उनले भने, ‘मैले कति दुख गरे होला यो कुरा म दोहोर्याउन चहान्न । यति कोशिस र ज्यानको बाजी राखेर नेपाललाई विश्व सामु चिनाउँन मैले सानो योगदान दिन पाउँदा खुसि लागेको छ । मैले नेपाललाई चिनाउँने काम गर्न पाएको छु । अझै काम गर्न धेरै नै बाकी छ तपाईंहरु सबैको साथ रहने पनि आशा गर्दछु ।’

उनले ४८ घन्टाभित्र सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमाल आरोहण गरेका छन् भने ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन् ।उनले ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालहरु अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गरिसकेका छन् । यो हिमालहरु सबैभन्दा छिटो आरोहण गर्नेमा पनि उनले आफ्नो नाम राखेका छन् ।उनलाई प्रत्येक ७ महादेशका सबैभन्दा अग्लो हिमाल अक्सिजनसहित र अक्सिजनबिना गरेर दुईपटक आरोहण गर्ने पहिलो व्यक्तिको रुपमा पनि चिनिने गरिन्छ ।