• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सडक दुर्घटना न्यूनिकरण गर्न गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान

काठमाडौं । सडक दुर्घटना न्यूनिकरणको उद्देश्यले मैनादेवी फाउण्डेसन (एमडीएफ), नेपाल टेलिकम, नेपाल प्रहरी, र आरओएनबीको संयुक्त सहकार्यमा गोंगबु बसपार्कमा सवारी साधन स्टिकर अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रहरी उपरीक्षक (एसपी) सञ्जय राउत रहेका थिए भने कार्यक्रममा चर्चित युट्युबर टोंडे गेमर, नेपाल टेलिकमका उप- प्रबन्धक नवीन मिश्र, करिब १०० जना स्वयंसेवक, र २०० जना ट्राफिक प्रहरी उपस्थित थिए।

यो अभियानको मुख्य उद्देश्य सडक दुर्घटनामा कमी ल्याउनुका साथै यात्रुबाहक सवारी साधनलाई थप सुरक्षित र जनचेतनामूलक बनाएका थिए। दशैं–तिहारको चाडपर्वलाई लक्षित गर्दै यो अभियानलाई विशेष महत्त्व दिइएको थियो। यस अवसरमा करिब ५०० वटा सार्वजनिक सवारी साधनमा सडक सुरक्षाका सन्देशसहितका स्टिकरहरू टाँसिएको थियो।

सडक सुरक्षामा जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने उद्देश्यले गरिएको यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण स्वयंसेवकहरूको उत्तिकै योगदान रहेको थियो। कार्यक्रमको क्रममा एसपी सञ्जय राउतले यस्तो अभियानले मानिसहरूलाई आफ्नो सुरक्षाप्रति सचेत बनाउन मद्दत पुग्ने र सडक दुर्घटनामा कमी ल्याउन योगदान पुर्याउने विश्वास व्यक्त गरे।

साथै, एमडीएफका अध्यक्ष केपी खनालले सडक सुरक्षामा यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन आफूहरू कटिबद्ध रहेको बताए।

नेपाल प्रहरी, नेपाल टेलिकम र स्थानीय स्वयंसेवकहरूको सहकार्यमा सम्पन्न यो अभियानले सबैमा सकारात्मक सन्देश प्रवाह गरेको छ।