• २०८३ असार १६
  • 2026 June 30, Tuesday

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ७० रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ५५, आलु सेतोको ५०, लोकल गाजर ९० रुपैयाँ ,लोकल बन्दाको मुल्य ५०, काउली स्थानीयको ७० रुपैयाँ, तने बोडी १२० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १५० रुपैयाँ, राजमा घिउ सिमी १४० रुपैयाँ, लौका ९०, तितो करेला ११० रुपैयाँ, लोकल परवर ८० रुपैयाँ कायम भएको छ ।

भिण्डी १५० रुपैयाँ, सखरखण्ड ८० रुपैयाँ, बरेला ७० रुपैयाँ,पिंडालू ७० रुपैयाँ र स्कूसको मूल्य २५ कायम भएको छ ।रायो सागको मूल्य २० रुपैयाँ छ । तोरिको साग ४०, पालूगो साग ७० र चमसुरको साग ५० रुपैयाँ रहेको छ ।कन्य च्याउ १३०, डल्ले च्याउ ३००,कुरीलो १००० रुपैयाँ र ब्रोकाउली ९० रुपैयाँ छ ।त्यस्तै, अनारको ३५० र सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६०,कागती १२० रहेको छ ।