
काठमाडौं । बुधबार सेयर बजार ५.१० अंक बढेको छ । याे वृद्धिपछि नेप्से २५८१ अंकमा कायम भएको छ ।
बजारको अंक बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ५९ करोडमा खुम्चियो ।
कुल १५० कम्पनीको मूल्य बढ्दा ८८ को घट्यो भने ४ को स्थिर रह्यो । मुख्यतः बैंकिङ सेक्टर घट्दा बजारको वृद्धिदर न्यून रह्यो ।
फाइनान्समा फेरि आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत घटेको यो सेक्टर यस दिन ३.८७ प्रतिशत बढ्यो ।
यस्तै, विकास बैंक १.६८, होटल तथा पर्यटन ०.९५, हाइड्रोपावर १.२४, उत्पादन ०.२५, लगानी ०.०९, निर्जीवन बीमा ०.२२ तथा व्यापार समूह ०.६३ प्रतिशत बढे । जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.१६ तथा अन्य समूह ०.४१ प्रतिशत घटे ।