• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

भीम रावलले मातृभूमि जागरण अभियान चलाउने, त्यसपछि राष्ट्रवादी दल खोल्ने

काठमाडाैं । नेकपा एमालेबाट निस्कासित नेता भीम रावलले नयाँ पार्टीको घोषणा गर्नुअघि मातृभूमि जागरण अभियान चलाउने भएका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत आफ्ना विचार सार्वजनिक गर्दै उक्त अभियान चलाउने बताए ।

‘देशभक्तिपूर्ण बैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने, ‘यसै दिशामा हाम्रा कदम अगाडि बढ्नेछन् ।’

उनले अगाडि भने, ‘अहिलेको मातृभूमि जागरण अभियान भविष्यको सशक्त संगठन निर्माणको आधार हुनेछ ।’

याे पनि पढ्नुहाेस् । 

केपी ओलीमाथि खनिए भीम रावल, ७ जना नेतालाई धन्यवाद !