तोलामा २ हजार रुपैयाँ बढ्याे सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ८१० रुपैयाँ कायम भएको छ ।