काठमाडौँ । तीन दिन लगागार ३९ सयले बढेको सुनको भाउ आइतबार भने तोलामा एक हजार पाँच सयले घटेको छ ।
शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।