काठमाडौं । कामना सेवा विकास बैंकले बसुन्धारा, काठमाडौं स्थित ईशान बाल तथा महिला अस्पतालसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने सम्झौता अन्तर्गत उल्लेख गरिएको छ ।
सर्वसाधारण व्यक्तिहरु सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्धेश्यले स्थापित उक्त ईशान बाल तथा महिला अस्पताल प्रा. लि. मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकसँग आबद्ध सम्पूर्ण सेवाग्राहीहरुले विशेष लाभ लिन बैंकले आग्रह गरेको छ ।