काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको सुन आज १८४० रुपैयाँ पुगेको छ ।