गत बिहीबार ६ दिनपछि घटेको नेप्से आइतबार लगातार दोस्रो दिन पनि घटेको हो । आइतबार वित्त कम्पनी उपसूचकमा सर्वाधिक गिरावट भएको छ । वित्त कम्पनी उपसूचक सर्वाधिक ३.६० प्रतिशतले गिरावट हुँदा विकास बैंक उपसूचक १.६० प्रतिशतले गिरावट भएको छ ।त्यस्तै हाइड्रोपावर उपसूचक १.४४ प्रतिशत र उत्पादनमूलक उपसूचक १.३६ प्रतिशतले गिरावट भएको छ । आइतबार सबै उपसूचकमा गिरावट भएको हो ।बजार परिसूचकसँगै कारोबार रकम घटेकोमा आइतबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीको सेयर सर्वाधिक २० करोड ४२ लाखको किनबेच भएको छ । त्यस्तै सिन्धु विकास बैंकको १८ करोड ८० लाख र सिंगटी हाइड्रो इनर्जीको सेयर १६ करोड ५० लाखको किनबेच भएको छ ।
आइतबार नेप्सेमा कुल २ सय ४३ कम्पनीको सेयर किनबेच भएकोमा १ सय ९४ सूचीकृत कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।त्यस्तै ४३ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये विन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । त्यस्तै नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ४.८७ प्रतिशतले बढेको छ ।यता, ङ्याग्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा सानिमा ग्रोथ फन्ड इकाइ मूल्य ७.५५ प्रतिशतले गिरावट भएको छ । यस्तै सुपरमादी हाइड्रोपावरको सेयर मूल्य ७.१० प्रतिशतले गिरावट भएको छ ।