सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो । त्यस्तै,चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१