सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो ।यस्तै आज बिहिबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१