सुनचाँदीको मुल्य घट्यो

काठमाडौं । मंगलबार सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो।त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१