
काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५७ अंकमा कायम भएको छ ।
पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।बजारमा सूचीकृत १२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी १२ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हालसम्मकै उच्च मूल्य बनाएका कम्पनीमा ७ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी र १ लघुवित्त कम्पनी छन् ।