• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउ आज घट्यो

काठमाडौं । चार दिनसम्म लगातार उच्च मूल्यको रेकर्ड बनाएको सुनको मूल्य आज घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ७९ हजार एकसय रुपैयाँमा झरेको हो ।हिजो सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार सातसय रुपैयाँ पुगेको थियो । यो सुनको अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज पनि चाँदीको मूल्य प्रतितोला दुई हजार १५ रुपैयाँ घटेर दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।