काठमाडाैं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्न सफल भएको छ । स्टानचुली म्यानेजमेन्ट एन्ड सर्भिसेज युकेको बोर्डबाट कम्पनीले तीन वर्षका लागि यो प्रमाणपत्र प्राप्त गरेको हो ।
कम्पनीले हाइड्रो इनर्जी परियोजनाहरूको विकास, डिजाइन, इन्जिनियरिङ, निर्माण (Construction) र जडान (Installation) सम्बन्धी कार्यहरूमा गुणस्तरीय सेवा पुर्याउँदै आएको पुष्टि स्वरूप यो प्रमाणपत्र प्रदान गरिएको हो ।
ISO 9001:2015 प्रमाणपत्रले संस्था वा कम्पनीको सेवा र कार्यशैली अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित, उत्तरदायी र पारदर्शी रहेको प्रमाणित गर्छ ।
ऊर्जा क्षेत्रको विकासमा क्रियाशील भिजन लुम्बिनी ऊर्जा कम्पनीले भविष्यमा पनि वातावरणमैत्री र नवीन ऊर्जाका परियोजनाहरू मार्फत नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ ।