• २०८३ असार १५
  • 2026 June 29, Monday

खाद्य व्यवस्था कम्पनी विज्ञ सञ्चालकमा २ जना सिफारिस

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विज्ञ सञ्चालक सदस्यमा २ जना सिफारिस भएका छन् ।

खाद्य व्यवस्था कम्पनी लिमिटेडको रिक्त सञ्चालक सदस्य पदमा २ जना सिफारिस गरिएको हो । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि ३ चैतमा दरखास्त आह्वान गरिएको थियो ।

उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ बमोजिम गठित सिफारिस समितिको २५ चैतको निर्णय अनुसार सबैभन्दा बढी अंक प्राप्त गर्ने विज्ञ सञ्चालक सदस्य पुरुषमा डोटीका निर्पबहादुर बोहरा र महिलामा काठमाडौं कीर्तिपुरका नानी महर्जनलाई सिफारिस गरिएको हो ।