• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सुनको भाउ फेरि वृद्धि, २ हजार रुपैयाँ बढ्यो

काठमाडौँ। सुनको मूल्य फेरि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँ घटेको सुन आज २ हजार रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि सुनको भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँ थियो।

चाँदीको मूल्य पनि केही बढेको छ। अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँमा बिक्री भइरहेको छ।