• २०८३ असार १५
  • 2026 June 29, Monday

नेप्सेमा २७ अंकको वृद्धि, कारोबार रकम पनि साढे ८ अर्ब नाघ्यो

काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ।

कारोबार बन्द हुँदा नेप्से २७.१४ अंकले बढेर २,६८९.२२ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा यो १.०१ प्रतिशतको वृद्धि हो।

आजको दिन कुल ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ ८१ पैसाको शेयर कारोबार भएको छ, जुन पछिल्ला दिनहरूमा भन्दा निकै बढी हो ।

मंगलबार २१२ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने ३४ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको भएको छ ।