• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सेयर बजार २७२२ अंकमा, १०.८८ अर्बको कारोबारमा

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा २६.४९ अंकको वृद्धी देखिएको छ। यस वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ। १ः४५ बजे नेप्से परिसूचक २७४० अंकसम्म पुगेको थियो।

साथै, बजारसँगै कारोबार रकम पनि बढेको छ। आज १० अर्ब ७९ करोडको कारोबार भएको छ, जुन अघिल्लो दिनको ७ अर्ब २६ करोडको कारोबारभन्दा उल्लेखनीय वृद्धि हो। आजका कारोबारमा व्यापार बाहेक सबै सेक्टरका सूचक वृद्धि भएका छन्। व्यापारमा ०.१५ प्रतिशतको गिरावट आयो। लगानी समूहमा २.९९ प्रतिशतको सबैभन्दा ठूलो वृद्धि र बैंकिङ क्षेत्रमा १.१४ प्रतिशतको वृद्धि देखियो।

विकास बैंक १.३५, फाइनान्स ०.७२, होटल र पर्यटन ०.३९, हाइड्रोपावर १.१३, जीवन बीमा ०.८४, उत्पादन र प्रशोधन ०.०५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.९६ र अन्य ०.३७ प्रतिशतले वृद्धि गरेका छन्।नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ। एचआईडीसीएलको ६.८२ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ६.६७ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८४ प्रतिशत मूल्य बढेको छ। बोटलर्स नेपाल बालाजुको मूल्य भने ४.४ प्रतिशत घटेको छ। आजको कारोबारमा हिमालयन पावर पार्टनरको १ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर, एचआईडीसीएल, ङादी ग्रुप र राधि विद्युत् कम्पनीहरूको कारोबार क्रमशः उच्च रह्यो।