
कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन्।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रदेशको विकास, समृद्धि र आगामी योजनाबारे छलफल गरिएको जनाइएको छ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको तयारीका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
उक्त सम्मेलनले प्रदेशमा विकास र लगानी प्रवाहमा उल्लेखनीय टेवा पुग्ने विश्वास मुख्यमन्त्री शाहले व्यक्त गरेका छन्।भेटमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न आग्रह गरिएको थियो। साथै, प्रदेशका ठूला पूर्वाधार परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी दिइएको थियो।