• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

 काठमाडौं ।  रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

मंगलबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त रिटलाई संयुक्त इजलासमा पेशी तोक्न आदेश दिएको हो। अब सो रिटमा संयुक्त इजलासमार्फत थप सुनुवाइ हुनेछ।

लामिछाने हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशअनुसार पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा छन्। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।