• २०८३ असार १५
  • 2026 June 29, Monday

सहकारी पीडितको माइतीघरमा अर्धनग्न प्रदर्शन, ‘आन्दोलन रहर होइन, बाध्यता हो’ भन्ने आवाज

काठमाडौं। सहकारी संस्थाबाट ठगिएका बचतकर्ता सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शनमा उत्रिएका छन्। सरकारले आफ्नो पीडा बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले आक्रोशपूर्ण तरिकाले प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा सहभागीहरूले ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारासहितका प्लेकार्डहरू बोकेका थिए।महिनौं अघिदेखि सहकारी संस्थामा भएको रकम अपचलनका कारण थुप्रै बचतकर्ता प्रभावित भएका छन्।

ती पीडितहरू पटक–पटक आन्दोलनमा उत्रिए पनि सरकारले सुनुवाइ नगरेको गुनासो उनीहरूको छ।उनीहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरी आफ्नो बचत रकम फिर्ता गरिनुपर्ने माग राख्दै आएका छन्। तर, हालसम्म सरकार पक्षबाट उनीहरूको माग सम्बोधन गरिएको छैन।