• २०८३ असार १५
  • 2026 June 29, Monday

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १,५१७ डलर पुग्ने अनुमान

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय (GNI) १ हजार ५१७ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार यो वर्ष प्रतिव्यक्ति आयमा ५० डलरको वृद्धि हुने अनुमान छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४६७ डलर थियो। त्यसअघि, उक्त आयमा ५७ डलरको वृद्धि देखिएको थियो।