रवि लामिछानेको बन्दी रिट दुई न्यायाधीशको संयुक्त इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको छ।

वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलद्वारा दायर गरिएको रिट वैशाख ८, २८ र ३० गते पेसीमा चढे पनि सुनुवाइ ‘हेर्न नमिल्ने’ भनेर स्थगित भएको थियो। तर वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो।

त्यस्तै, रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका दुई अन्य रिटमाथि पनि आज सोही इजलासमा सुनुवाइ हुँदैछ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१