• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

यसअघि पाँचपटकसम्म ‘हेर्न नमिल्ने’ भनिएका न्यायाधीशहरूको इजलासमा परेको रिटमा आइतबार ‘हेर्न मिल्ने’ इजलासमा पेसी तोकिएको हो। सोमबारका लागि लामिछानेको रिट ‘घ’ नम्बरमा सूचीबद्ध गरिएको छ। उनीभन्दा अघि भ्रष्टाचार र अन्य बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू पेसीमा छन्।

लामिछाने हाल रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। उनलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो।