• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ।

लामिछानेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा नपर्ने गरी पेसी तोकिएको हो।यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले निवेदन हेर्न मिल्ने इजलासमा पेशी तोक्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको थियो।

त्यसअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको मिति तय गरिएको थियो। तर, लामिछाने पक्षका वकिल र पूर्वडीआईजी जोशी पक्षका वकिलमध्ये एक–एकजना क्रमशः प्रधानन्यायाधीश र न्यायाधीश पाण्डेयसँग नातागोता परेपछि उक्त इजलासमा सुनुवाइ हुन नसकी हेर्न नमिल्ने निर्णय गरिएको थियो।