• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गाजा युद्धप्रति इजरायलमाथि चर्किंदै अन्तर्राष्ट्रिय दवाव

  • २०८२ जेठ ६, मङ्गलबार १२:१०

तेल अभिभ । गाजामा जारी युद्धका कारण इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब तीव्र भएको छ। पछिल्लो समयमा इजरायलले आक्रमण विस्तार गरेसँगै केही दिनमै गाजामा सयौं नागरिकको मृत्यु भएको छ, जसप्रति बेलायत, फ्रान्स र क्यानडाले कडा आपत्ति जनाएका छन्।

तीनै देशका नेताहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सोमबारसम्ममा ठोस कदम चाल्न आग्रह गरेका छन्, अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

यहीबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प हालैको मध्य पूर्व भ्रमण सकेर फर्किएका छन्। तर, उक्त अवधिमा न गाजामा युद्धविरामको सहमति भएको छ, न हमासको कब्जामा रहेका बन्दीहरूको रिहाइ प्रक्रिया अगाडि बढेको छ।

इजरायलले हाल गाजाको उत्तर र दक्षिण क्षेत्रमा सैन्य कारबाही थप तीव्र बनाएको छ। युरोपेली मुलुकहरूको चेतावनीप्रति नेतान्याहूले तीव्र प्रतिक्रिया जनाउँदै आलोचना गरेका छन्। उनले २०२३ अक्टोबर ७ मा हमासद्वारा गरिएका नरसंहारात्मक आक्रमणलाई अन्तर्राष्ट्रिय समुदायले उपेक्षा गरेको आरोप समेत लगाएका छन्।

  • २०८२ जेठ ६, मङ्गलबार १२:१०